नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति
फागुन २५, २०८१ आइतबार
तनहुँ – मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएकी बहिनीको अन्तिम संस्कारका लागि आएका दाजुको पनि निधन भएको छ ।
बहिनीको दाहसंस्कारका लागि दमौली आएका ऋषिङ गाउँपालिका ७ दधिवनका भक्तबहादुर थापाको निधन भएको हो ।
दमौलीको अनसन चौतारा क्षेत्रमा हिँड्दै गरेका थापा बेहोस भएपछि उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनको निधन भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।
शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी १८ वर्षिय प्रमिशाको ग ११ प ५५०२ नम्बरको मोटरसाइकलबाट खसेर मृत्यु भएपछि थापा उनको अन्तिम संस्कारका लागि आइतबार दमौली आएका थिए ।
म्याग्दे गाउँपालिकाको निर्मलबस्तीमा दुर्घटनामा घाइते भई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएकी प्रमिशाको मणिपाल शिक्षण अस्पताल पोखरामा शनिबार राति निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।