गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजर...
फागुन २५, २०८१ आइतबार
काठमाडौं – सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री आसपासमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको रेकर्ड अनुसार सोमबार बिहान पौने नौ बजे उपत्यकाको तापक्रम यो वर्षको सबैभन्दा कम ०.५ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन गरिएको छ ।
‘जाडोको समयमा आकाश लामो समयसम्म खुल्ला रहँदा पनि तापक्रम घट्ने गर्दछ’ मौसमविद् वरुण पौडेलले भन्नुभयो ‘केही दिनदेखि आकाशमा बादल देखिएको छैन, दिउँसोको अधिकतम तापक्रम पनि अलि घटेको छ । यसले गर्दा जमिन तात्न पाएको छैन र न्यूनतम तापक्रम घटिरहेको छ ।’ मौसमविद् पौडेलका अनुसार अझै केही दिन मौसम शून्य आसपासमै रहनेछ ।
‘जाडो महिनामा न्यूनतम तापक्रम शून्य आसपासमा रहनु स्वभाविक नै हो । तर पनि उपत्यकाको तापक्रम अहिले घट्नुमाचाहिँ पश्चिमी उत्तरी हिमाली वायु पनि हो ।’ गएको वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा यसवर्ष ० डिग्री सेल्सियसमा झरेको छ । चिसो धेरै भए पनि यो वर्ष हिउँदे वर्षा कम भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।