‘ससुराल सिमरका’ की अभिनेत्री दीपिका बनिन् ‘बिगबोस १२’

 पुस १६, २०७५ सोमबार १३:९:१५ | एजेन्सी
unn.prixa.net

अभिनेता सलमान खानले सञ्चालन गर्ने चर्चित टेलिभिजन शो बिग बोस सिजन १२ को विजेता घोषणा भइसकेको छ ।

यस सिजनको विजेता चर्चित टेलिभिजन सिरियल ‘ससुराल सिमरका’ की अभिनेत्री दिपिका कक्कड इब्राहिम भएकी छिन् । यस्तै क्रिकेटर श्रीसन्थ फर्स्ट रनरअप र दीपक ठाकुर सेकेण्ड रनरअप भएका छन । 

बिगबोसको घरभित्र १०५ दिन बिताएपश्चात दीपिका कक्कर इब्राहिम, श्रीसन्थ, करणवीर बोहरा, दीपक ठाकुर र रोमिल चौधरीबीच बिगबोसको ट्रफीका लागि प्रतिस्पर्धा भएको थियो । पाँच जनाबीच भएको प्रतिस्पर्धामा सबैभन्दा पहिले रोमिल चौधरी र करणवीर बोहरा बाहिरिएका थिए । 

अन्त्यमा दीपक ठाकुर, श्रीसन्थ र दीपिका कक्कडबीच भएको प्रतिस्पर्धामा दीपिका विजेता भएकी हुन् । यस्तै सलमान खानले विजेता घोषणा हुनुपूर्व प्रतिस्पर्धीबीच एउटा शर्त राखेका थिए ।

जसअन्तर्गत सलमानले विजेता घोषणा हुनुपूर्व यदि कसैले शो छोड्छ भने उसले २० लाख रुपैयाँ लिएर बाहिरिन सक्ने बताएपछि  २० लाख रुपैयाँ लिँदै दीपक ठाकुर बाहिरिएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया