नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति
फागुन २५, २०८१ आइतबार
काठमाडौं – निजामती कर्मचारीहरुले अहिलेकै अवस्थामा आफूहरु समायोजनमा सहभागी नहुने बताएका छन् ।
निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले आफूहरुको माग वेवास्ता गर्दै अगाडि बढ्न खोजे समायोजन बहिष्कार गर्ने चेतावनी दिनुभयो ।
आइतबारदेखि वार्ताको माध्यमबाट समाधान खोज्न सरकार अग्रसर रहेकाले समायोजनलाई सफल बनाउन आफूहरु पनि लागिपरेको बताउनुभयो ।
कर्मचारी समायोजन ऐन २०७४ आएको एक वर्ष पनि नपुग्दै खारेज हुनेगरी अध्यादेश आएको र अध्यादेशले पनि कर्मचारीको अधिकार स्पष्ट नगरेकाले बाध्य भएर विरोधमा उत्रनु परेको प्रष्ट पार्नुभयो ।
कर्मचारीको भविष्य अन्धकारमा पारेर समायोजनमा जान नसकिने भन्दै उहाँले वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गरेर अघि बढ्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
आफूहरुले विभिन्न १३ बुँदामा अध्यादेशमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको र त्यो गर्न तर्फ सरकार अग्रसर भए आफूहरु विना हिच्किचाहट समायोजनमा सहभागी हुने ढकालले बताउनुभयो ।
आफूहरुको मागलाई बेवास्ता गर्दै सरकार अगाडि बढ्न खोजे आधिकारिक ट्रेड युनियनले समायोजनमा सहभागी नहुन कर्मचारीलाई आह्वान गरेर विरोधका कार्यक्रम गर्ने बताउनुभयो ।
समायोजनले संघीय कर्मचारी र प्रदेश तथा स्थानीय तहमा जाने कर्मचारीबीच विभेद गरेको, कर्मचारीको वृत्ति विकास, बढुवालगायतमा अवरोध ल्याएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आइतबार सरकार र आन्दोलनरत कर्मचारीबीच भएको वार्ता सकारात्मक रहेको र मंगलबार फेरि बस्ने बार्ताबाट समस्या समाधान हुनेमा आफूहरुले विश्वास लिएको अध्यक्ष ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।