सरकारविरुद्ध उत्रियो कांग्रेस समर्थित कर्मचारी युनियन

 पुष १६, २०७५ सोमबार १७:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल निजामती कर्मचारी युनियनले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा सोमबार काठमाडौंमा प्रर्दशन गरेका छन् । 

आफूहरुलाई बेवास्ता गरेर ल्याइएको त्यो अध्यादेश मान्य नहुने चेतावनी दिँदै आएको युनियनले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेको हो ।

कर्मचारीहरुको वृत्ति विकाससमेत रोकिने गरी त्यो अध्यादेश सरकारले ल्याएकाले विरोधमा सडक प्रर्दशन गर्नु परेको युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले एकलौटी ढंगले सरकारले ल्याएको कर्मचारी समायोजन प्रक्रियामा आफूहरु सहभागी नहुने चेतावनी पनि दिनुभयो ।

युनियनले सरकारले ल्याएको लेखा परीक्षणसम्बन्धी विधेयकको विरोध गर्ने लेखा परीक्षकको निर्णयप्रति पनि ऐक्यवद्धता जनाएको छ । अध्यक्ष पोखरेलले संविधान विपरीत हुनेगरी सरकारले निजामती सेवा ऐन ल्याएको दावी गर्दै आपत्ति पनि जनाउनुभयो । विरोध प्रर्दशनमा कर्मचारीहरुको सेवा र शर्तसम्बन्धी प्रावधान कुल्चने काम कर्मचारी समायोजनको नाममा गरिरहेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।
 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया