प्रधानमन्त्रीले ललितकलाका कुलपतिलाई खुवाए सपथ

 पुस १६, २०७५ सोमबार १८:४७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका  कुलपति कान्छाकुमार कर्माचार्य र नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठ रायनले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो नवनियुक्त कूलपतिद्धय कर्माचार्य र श्रेष्ठलाई सिंहदरबारमा छुट्टाछुट्टै कार्यक्रमकाबीच पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । 

गएको आइतबार बसेको मन्त्री परिषद् बैठकले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्त गरेको थियो । दुवै प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनु भएका प्रधानमन्त्री ओलीले कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।

त्यस अवसरमा नवनियुक्त नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कर्माचार्यले प्रतिष्ठानका उपकूलपति गोपाल चित्रकार, सदस्य सचिव विपिनकुमार घिमिरे र नवनियुक्त प्राज्ञहरु रमेशनाथ खनाल, मिथिला देवी, सुष्माराज भण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

त्यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति रायनले प्रतिष्ठानका उपकूलपति हरिहर शर्मा र सदस्यसचिव श्यामप्रसाद तमोटलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

कार्यक्रममा नवनियुक्त दुवै प्रतिष्ठानका पदाधिकारीहरुलाई प्रधानमन्त्री ओलीले कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले दुवै प्रतिष्ठानका नेतृत्वले देशको आवश्यक्ता र समयको पदचापलाई बुझेर कार्य सम्पादन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सबै प्राज्ञहरुलाई समेटने र मुलुकको आवश्यक्तालाई सम्बोधन हुने गरी नयाँ प्राज्ञहरु जन्माउने काममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाटय कला प्रतिष्ठानलाई अघि बढन पनि आग्रह गर्नुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया