काठमाडौंमा पढ्ने बालक दाङमा भेटिए

 पुस १६, २०७५ सोमबार १९:१०:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – रोल्पा राङ्सी भलाका घर भई ‘काठमाडौं  १० नागार्जुन स्यूचटार डेरा गरी बसेको’ बताउने  १३ वर्षका सुजन वली दाङको घोराहीमा फेला परेका छन ।

वर्ण गहुँ गोरो देखिने सानो कपाल पालेको र रातो, निलो कलरको अमरज्योती सेकेण्डरी स्कुल नागर्जुन स्यूचटारको तलमाथि ट्रयाक सुट र खुट्टामा चप्पल लगाएको अवस्थामा ती बालका फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका १५ तुलसीपुर चोकबाट सोमबार युवक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले विज्ञप्ति निकालेर सम्पर्क गर्न अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया