गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजर...
फागुन २५, २०८१ आइतबार
काठमाडौं – सन् २०१८ पनि नेपाल प्रेस जगतका लागि चुनौतीपूर्ण वर्ष रहेको छ ।
नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन् । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए । तुलनात्मक रुपमा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमी आएको भए तापनि कानुनी रुपमा यो वर्ष चुनौतीपूर्ण बन्यो ।
यसै वर्ष भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानले गर्दा यो वर्ष नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण बनेको हो । महासंघले मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान सच्चाउनका लागि विभिन्न दबाबमूलक अभियान नै सञ्चालन गरेको थियो ।
सन् २०१८ मा १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको छ । महासंघको अनुगन इकाइमा अभिलेख भएअनुसार समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण र धम्की दिने काम भएको थियो । यस्तै यो अवधिमा १२ जना पत्रकारलाई समाचार संकलनका क्रममा वा समाचार छापेको निहुँमा दुर्व्यवहार गरियो भने पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध पु¥याइएका ६ वटा घटना रहेका छन् ।
पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका ४ वटा घटना अभिलेख भएका छन् भने नीतिगत बन्देजको एउटा घटना रहेको छ । त्यसैगरी एक जना पत्रकार बेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुराको रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का २०७५ भाद्र १० गते करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा सम्पर्कविहीन भएका हुन् ।
त्यसैगरी यो अवधिमा ६ जना पत्रकार पक्राउ परेका छन् । अनुगमन इकाका अनुसार पक्राउ परेकामध्ये राजु बस्नेत, एञ्जिला सापकोटा, गोपाल चन्द्रलगायतका पत्रकारलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाएको थियो । प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा चित्त नबुझे उजुरी गर्ने संस्था प्रेस काउन्सिल रहेको छ ।
राष्ट्रपतिको कार्यालयमा हुने कार्यक्रम, विभिन्न भीआईपीको आगमनका क्रममा तथा संसदिय समितिहरुको बैठकमा पत्रकारलाई समाचार संकलनमा बञ्चित गरिने काम भएको छ भने जनप्रतिनिधिहरुबाट पनि पत्रकारलाई दुर्व्यवहार, धम्की र आक्रमणसमेत भएको अभिलेख छ ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी यी सबैखाले घटनाको कडा भर्त्सना गर्दै संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।
सन् २०१८ मा प्रेस स्वतन्त्रता हननका घटनाहरु निम्न रहेका छन् ।
स्रोत : नेपाल पत्रकार महासंघ , सञ्चार अनुगमन इकाई
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।