कठिन जितबाट डेनमार्कको विश्वकप यात्रा

 असार ३, २०७५ आइतबार ६:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ । पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई १–० ले हराउँदै डेनमार्कले समूह सीमा तीन  अंक जोडेको छ ।

पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन कुयभामाथि फल भएपछि पेनाल्टी दिइएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत निरीक्षण गरेपछि दक्षिण अमेरिकी टिम पेरुले सो अवसर पाएको थियो । तर कुएभाले पेनाल्टी बारभन्दा माथि प्रहार गरे ।

५९औं मिनेटमा डेनमार्कले अग्रता लियो । क्रिष्टियन इरिक्सनको पासमा युसुफ पउलसेनले गोल गरे ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया