नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
काठमाडौं – सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्ष निकालेको छ ।
बुधबार लेखा समितिसमक्ष प्रतिवेदन पेश गरेको उपसमितिले वाइडबडी जहाज खरिदमा वहालबाला संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गरेको छ ।
यस्तै बहालबाला पर्यटनसहित कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव तथा हालका गृह सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई पनि कारबाहीको सिफारिस गरेको छ ।
उपसमितिले वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाहीको सिफारिस गरेको छ ।
लेखा समिति अन्तर्गतको उपसमितिले आफूले गरेको अध्ययनका क्रममा भेटिएका तथ्यलाई प्रतिवेदनमा समावेश गरेको छ । थप तथ्य आउनै बाँकी छन् ।
त्यसैले अहिल्यै कोही पनि दोषी ठहर भएका छैनन् । लेखा समितिको उपसमितिले लगाएको अभियोग पुष्टी भैसकेको छैन । उपसमितिले आफ्नो प्रतिवेदन मात्र बुझाएको हो । प्रतिवेदनमा दोषी देखिएकाले कारबाहीको लागि सिफारिस मात्र गरेको हो ।
‘जहाजको विषय निकै प्राविधिक भएकाले हामीलाई पनि अध्ययन गर्न निकै गाह्रो पर्यो, यसबारे थुप्रै तथ्य अझै आउनै बाँकी छन्, बाँकी अध्ययन त अब अख्तियारले नै गर्ला नि ।’ उपसमितिका एक सदस्यले उज्यालो अनलाइनसँग भने ।
उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ, लेखा समितिले आउँदो बैठकमा उपसमितिको प्रतिवेदनलाई ग्रहण गर्नेछ र पारित गर्नेछ । त्यसपछि लेखा समितिले प्रतिवेदन अध्ययन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी जहाजमा भएको अनियमितताको बारेमा अनुसन्धानको लागि निर्देशन दिनेछ ।
लेखा समितिको निर्देशनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नेछ र दोषी पाइएकाहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्नेछ । विशेष अदालतको फैसलापछि मात्रै वाइडबडीमा भ्रष्टाचार गर्नेहरुको पहिचान हुनेछ ।
अहिले लेखा समितिको उपसमितिले बहालबाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पनि संसदलाई ढाँटेको र महालेखा परीक्षकको कार्यालयले १५ औं प्रतिवेदनमा अनियमितता भएको ठहर गरे पनि खुसुक्क अन्तिम किस्ताको रकम पठाएको आरोप लगाउँदै कारबाहीको सिफारिस गरेको छ ।
अबको बैठकमा उपसमितिकै प्रतिवेदन अध्ययन गरेर लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी प्रकरणको बारेमा छानबिनको लागि निर्देशन दिन सक्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै व्यक्तिमाथि अनुसन्धान थाल्दा स्वतः पद निलम्बनमा पर्ने कानुनी व्यवस्था छैन । भ्रष्टाचार निवारण ऐन २०४९ ले पनि कुनै व्यक्तिमाथि अनुसन्धान गर्दाको बखत पद निलम्बनमा नपर्ने व्यवस्था गरेको छ ।
तर अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दर्ता भएका बेला भने पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । अहिले नै पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई राजीनामा दिनुपर्ने या पदमुक्त गरिहाल्ने अवस्था सृजना भैसकेको छैन । तर उहाँमाथि नैतिक संकट भने आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
Raman Tamang
Jan. 2, 2019, 10:25 p.m.थुक्क, दुइ पैसा कमाउन आफ्नो परिवार संग बिछोड भएर खाडीमा आएर रगत पसिना बगाउन बाध्य म र म जस्ता लाखौ नेपालीको नियति / म यहाँ खाडीमा दिनको १६ घण्टा काम गरेर पनि परिवार पाल्न मुस्किल छ, उता मेरो देश का शासक हरु अर्बौ रुपैया कति सजिलै पचाउछन / मेरो के दोष थियो र मलाई आफ्नो बाउ आमा परिवार छोडेर यहाँ मरभुमीमा काम गर्न बाध्य पार्यो नेता हो ? यस्तो देख्दा त यहि आत्महत्या गर्न मन लाग्छ/
केसब प्रसाइ
Jan. 2, 2019, 8:11 p.m.अब ३०० वटा बिधुतिय बस खरिद गर्दा चै भाडामा हो वा खरिद हो स्पस्ट भएर गर्नु होला है सरकार