'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
अष्ट्रेलियाको बिग ब्याशमा चार खेल खेलेर बंगलादेश पुगेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिग आइतबारबाट खेल्दैछन् ।
उनी बिग ब्याशमा चार खेलमा आठ विकेट लिएर बीचमा नै पूर्व सहमति अनुसार दक्षिण एसियामा हुने दोस्रो ठूलो फ्रेन्चाइज प्रतियोगिता बंगलादेश प्रिमियर लिग खेल्न पुगेका हुन् । तर उनले बंगलादेश प्रिमियर लिग पनि पूरै खेल्नेछैनन् ।
फेब्रुवरी ८ सम्म चल्ने प्रतियोगिताको बीचमा नेपालले यूएईसँग अन्तराष्ट्रिय सिरिज खेल्दैछ । त्यसका लागि उनी बंगलादेशबाट नै यूएई जानेछन् । जसमा उनले राष्ट्रिय टिमबाट तीन एक दिवसीय र तीन टी–२० खेल खेल्नेछन् ।
नेपालले २५ जनवरीमा पहिलो एक दिवसीय खेल्नेछ भने २६ मा दोस्रो र २८ मा तेस्रो खेल खेल्नेछ । यस्तै जनवरी ३१ देखि फेब्रुवरी तीनसम्म तीन टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनी फेरि अष्ट्रेलिया फर्किने संभावना प्रवल रहेको छ ।
बिग ब्याशका अन्तिम चरणका खेल फेब्रुवरी १८ सम्म चल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।