ए डिभिजन लिग: १३ औं चरणको खेल तालिका परिवर्तन

 पुष २०, २०७५ शुक्रबार १७:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलको १३ औं चरणको तालिका परिवर्तन भएको छ।

शनिबारदेखि सुरु हुने खेल यसअघि नै सार्वजनिक भएको तालिका अनुसार सञ्चालन हुने भए पनि अन्तिम दिनको खेलको तालिका परिमार्जन गरिएको हो ।

शनिबार दुवै खेल एपीएफ मैदान हलचाेकमा हुनेछन् । पहिलो खेलमा बिहान ११ बजे जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भिड्ने छन् । यसैगरी दिउँसो साढे २ बजे  सरस्वती युवा क्लब र नेपाल पुलिस भिड्ने छन् ।

आइतबार साढे २ बजे  थ्रीस्टार र हिमालयन शेर्पा सातदोबाटोमा भिड्दा त्यसै समयमा त्रिभुवन आर्मी र मछिन्द्र क्लब एपीएफ मैदानमा आमने सामने हुने छन् । सोमबार भने एउटा मात्रै खेल हुने भएको छ । जसमा संकटा र एपीएफ सातदोबाटोमा खेल्ने छन् ।

त्यस्तै मंगलाबार अन्तिम दिन मनाङ मर्स्याङ्दी फुटबल क्लब र फ्रेण्ड्स क्लब  हलचोकमा दिउँसो २ बजे खेल्ने छन् । त्यसै दिन लिगको पुरस्कार वितरण गर्ने कार्यक्रम पनि सातदोबाटोमा राखिएको एन्फाले जनाएको छ ।

जारी प्रतियोगितामा अपराजित रहँदै मनाङले लिग जितिसकेको छ भने संकटा क्लबले पनि दोस्रो स्थान प्राप्त गरिसकेकाे छ । अब १३ औं चरणको खेलबाट तालिकाको तेस्रो हुने टिमको छिनोफानो हुनेछ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया