'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
धनगढी प्रिमियर लिग डीपीएलको खेलाडी अक्सन शनिबार हुने भएकाे छ ।
यसपटकको अक्सन अघिल्लो संस्करणको भन्दा फरक तरिकाले हुन लागेको बताइएकाे छ । अघिल्ला संस्करणमा खेलाडीलाई आयोजकले वर्गिकरण गरेर चार श्रेणीमा राखेर अक्सनमा बोलि लगाइथ्यो भने यसपटक खेलाडी दर्ता गर्दा नै उनीहरुले आफू कुन श्रेणीको खेलाडी भनेर छुट्याएर फर्म भरेका छन् ।
जसका कारण यसपटकको अक्सन खुल्ला रुपमा गरिने भएको छ । जसमा हरेक टिमले आफूलाई चाहिएको खेलाडीमा बोली लगाउनेछन् ।
यसपटकको अक्सनमा खेलाडीको बेस प्राइस ३० हजारदेखि दुई लाख ५० हजारसम्म तोकिएको छ । अन्नपूर्ण होटेलमा बिहान ११ बजेबाट हुने अक्सन अगाडि हरेक टिमको मार्की खेलाडीको पनि फाइनल हुनेछ ।
यसपटकको डीपीएलमा अघिल्लो संस्करणमा रहेका मार्की खेलाडी पनि परिवर्तन हुने भएका छन् । प्रतियोगितामा सहभागी ६ टिममा ५ टिमको मार्की खेलाडी फाइनल जस्तै भइसकेको छ भने रुपन्देहीको बाँकी रहेको छ ।
अघिल्लो संस्करणका रुपन्देहीका कप्तान शक्ति गौचनले क्रिकेटबाट सन्यास लिइसकेको अवस्थामा उनको स्थानमा नयाँ मार्की खेलाडी छनोट गरिनेछ ।
अघिल्लो संस्करणमा स्ट्राटेजिक खेलाडीः
विराटनगरको किंग्स - पारस खड्का
सीवाइसी अत्तरीया - दिपेन्द्रसिंह ऐरी
काठमाडौं गोल्डेन्स - ज्ञानेन्द्र मल्ल
महेन्द्रनगर युनाईटेड - विनोद भण्डारी
रुपन्देही च्यालेञ्जर्स - शक्ति गौचन
टिम चौराहा धनगढी - सोमपाल कामी
यसपटकको डीपीएलको अक्सनमा दुई सयभन्दा बढी खेलाडी समावेश छन् । नेपाल र यूएईबीचको अन्तरराष्ट्रिय एक दिवसीय र टी–२० सिरिजका कारण यो प्रतियोगिता एक साता पछाडि सरेको थियो । जसका कारण अक्सन पनि एक साता पछि धकेलिएको हो ।
प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान रहेको छ । यसपटकको विजेताले पाउने पुरस्कार रकमको घोषणा हुन बाँकी रहेको छ । यसअघि डीपीएलको विजेताले २५ लाख रुपैयाँ पाएको थियो ।
तेस्रो संस्करणसम्म आइपुग्दा टिम चौराहा धनगढीले दुई पटक उपाधि जितेको छ । पहिलो संस्करणको उपाधि पारस खड्काको कप्तानीमा जितेको थियो भने दोस्रो संस्करणको सोमपाल कामीको कप्तानीमा उचालेको थियो ।
तर यसपटकको डीपीएलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काले नखेल्ने बताइसकेका छन् । पारिवारिक कारणले उनले प्रतियोगिता नखेल्ने जनाएका हुन । यसअघि माघ १९ गतेबाट फागुन ४ का लागि तोकिएको मिति अब माघ २६ गतेबाट हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।