'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यु डायमण्ड र चितवनले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पुस अन्तिम साताबाट आयोजना हुने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् जसमा आयोजक न्यु डायमण्ड एकेडेमी, चितवन टाइग्रेस, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स मावि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पारामाउन्ट स्कुल रहेका छन् ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागीहरुलाई चार समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा न्यु डायमण्ड र चितवन, समूह ‘बी’ मा टप्स र पारामाउन्ट, समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार र संघका महासचिव जितेन्द्र बहादुर चन्दले व्यक्तिगत १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।