ग्रीनलाइफ हाइड्रोले साधारण शेयर बिक्री गर्ने

 पुस २१, २०७५ शनिबार ६:२३:१४ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई १८ करोड  रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । 

बोर्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ । 

कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । 

आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल त्यस आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया