'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - धनगढी प्रिमियर लिग डीपीएलका लागि खेलाडीको अक्शन शनिबार समाप्त भएकाे छ ।
अक्शनमा आरिफ शेख, ललित भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजबंशी जनही साढे दुई लाख रुपैयाँमा विभिन्न टिममा अनुबन्ध भएका छन् । त्यस्तै प्रदिप ऐरी भने २ लाख ४० हजार रुपैयाँमा रुपन्देहीमा आबद्ध भएका छन् ।
प्रदिप, विनोद भीम र ललित भण्डारीलाई रुपन्देहीले, आरिफलाई महेन्द्रनगरले, पवनलाई धनगढीले र ललित राजवंशीलाई काठमाडौंले लिएका हुन् ।
आउँदो माघ २६ गतेदेखि धनगढीमा हुने प्रतियोगिताको लागि काठमाडौंमा खेलाडीको अक्शन भएको हो । अक्शनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका थिए ।
डीपीएलमा चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।