'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले अन्तिम खेलमा सरस्वती क्लबसँग एक-एक गोलको बराबरी गरेकाे छ।
यो बराबरीले पुलिसको शीर्ष ६ मा पुग्ने संभावना कठिन भएको छ । सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा सरस्वतीले लिएकाे एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा राेकिनुपरेकाे हाे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा पुलिसका खेलाडीले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई सरस्वतीका भिक्टरले गोलमा परिणत गरे । तर त्यसको तीन मिनेटपछि नै पुलिसले खेल बराबरी गर्यो ।
पुलिस क्लबका लागि रविशंकर पासवानले गोल गर्न सफल भए । उनले नीरकुमार शाहको पासको सदुपयोग गरेका थिए ।
त्यसपछि पनि पुलिसले केहि मौका पायाे तर सफल हुन सकेन र खेल बराबरीमा टुंगियाे। तीन पटककाे च्याम्पियन पुलिसले यो बराबरीपछि अंक तालिकामा १९ अंक बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।