सुनको भाउ बढ्यो

 पुस २६, २०७५ बिहिबार ११:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा २ सय रुपैयाँ बढेर तोलाको ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार भने ६ सय रुपैयाँ बढेको हो । 

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । चाँदी पनि बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया