'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - यूएईविरुद्धको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि नेपाली क्रिकेट टिम तयारीमा व्यस्त छ ।
पहिलो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकोमा १८ खेलाडी मैदानमा उपस्थित थिए ।
राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी अहिले अष्ट्रेलियामा रहेका कारण उनीहरुले उपस्थित हुन नसकेका हुन् । इनरुवामा जारी एक दिवसीय क्रिकेट छोडेर विनोद भण्डारी प्रशिक्षणमा फर्किएका छन् ।
माघ ११ गतेदेखि यूएईविरुद्ध नेपालले तीन एक दिवसीय सिरीज खेल्दैछ । त्यसपछि नेपालले तीन टी–२० खेलको सिरिज खेल्नेछ । हाल पहिलो चरणमा बोलाइएको २० खेलाडीबाट केही अभ्यास खेलपछि अन्तिम चरणमा १५ खेलाडी छनोट गरिनेछ ।
यूएईका लागि नेपाली टिम २२ जनवरीमा प्रस्थान गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।