'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आजकाे खेलमा पनि विकेटविहीन बनेका छन् ।
ढाका डाइनामाइट्सविरुद्ध ४ ओभरनै बलिङ गरेका सन्दिपलले ३३ रन दिए पनि विकेट भने निकाल्न सकेनन् । सिलेट सिक्सर्सबाट टिमको आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका सन्दिपले ११ रन खर्चिएका थिए ।
उनकाे पहिलो बलमा सुनिल नराइनले १ रन लिएका थिए । दोस्रो बलमा रोनी तलुकदारले २ रन बनाए । त्यसपछि तेस्रो बलमा उनै तलुकदारले सन्दिपको बलमा छक्का प्रहार गरेका थिए ।
चौथो बलमा एक रन लिएर स्ट्राइक रोटेट भएपछि सुनिल क्रिजमा आएका थिए । उनले एक रन बाइको रुपमा बनाउँदा अन्तिम बलमा तलुकदारले १ रन थपेका थिए । समग्रमा सन्दिपले पहिलो ओभरमा १२ रन खर्चिएका थिए ।
सन्दिपले व्यक्तिगत दोस्रो ओभरको बलिङ ११ औं ओभरमा गरेका थिए । पहिलो बलमा सकिब अल हसनले १ रन लिएका थिए । दोस्रो बलमा रोनी तलुकदारले १ रन बनाए । तेस्रो बलमा सकिबले रन बनाउन सकेनन् भने चौथो बलमा चौका प्रहार गरेर सन्दिपमाथि दबाब बनाएका थिए ।
११ औं ओभरको अन्तिम बल गुग्ली फालेका सन्दिपको बलमा सकिबले रन बनाएनन् । सन्दिपले दोस्रो ओभरमा ८ रन खर्चिए ।
टिमको चौधौं ओभरमा सन्दिप व्यक्तिगत तेस्रो ओभरको बलिङ गर्न आएका थिए । पहिलो बलमा अन्ड्रे रसले रन बनाएनन् । दोस्रो बलमा थर्डम्यानको दिशामा ब्याटिङ गर्दै चौका प्रहार गरेका थिए । तेस्रो बलमा रसेलले १ रन जोड्दै स्ट्राइक रोटेट गरेका थिए । बाँकी तीन बल फेस गरेका किरन पोलार्डले अन्तिम बलमा एक रन मात्र जोडे । सन्दिपले तेस्रो ओभरमा ६ रन खर्चिए ।
१६ औं ओभरमा सन्दिपले व्यक्तिगत चौथो ओभरको बलिङ गरेका थिए । पहिलो बलमा नरुल हसनले १ रन बनाए । त्यसपछि क्रिजमा रहेका मोहम्मद नहिमले २ बलमा रन बनाए पनि चौथो बलमा छक्का प्रहार गरेका थिए ।
पाँचौ बल डट खेलेका नहिमले छैटौं बलमा एक रन जोडे । चौथो ओभरमा सन्दिपले ८ रन दिए । चार ओभरको स्पेलमा उनले २ चौका र २ छक्का दिएका थिए ।
उनले पछिल्ला ५ खेलमा सबै भन्दा महंगाे बलिङ गरे । उनले बीबीएलमा सिड्नीविरूद्द ३६ रन दिएका थिए । तर साे खेलमा २ विकेट लिएका थिए । तर आज उनले ३३ रन दिँदा विकेट लिन सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।