'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
थाइल्याण्ड महिला टी–२० स्म्यास अन्तगर्त नेपालले साेमबार तेस्रो खेल खेल्दैछ । लगातार दुई खेलमा जित निकालेको नेपालले साेमबार यूएईलाई हराएमा सेमिफाइनलको यात्रा पक्का गर्नेछ ।
नेपाल र यूएईबीचको खेल स्थानीय समय अनुसार मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा दुई खेलमा जित निकालेको यूएई पनि सेमिफाइनल नजिक पुगिसकेको छ । उसले थाइल्याण्ड ए, र चीनलाई हराएको छ ।
यता नेपालले पहिलो खेलमा चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पाखा लगाउँदै सेमिफाइनलको यात्रा बलियो बनाएको हाे । प्रतियोगिताको उपाधि दावेदार मानिएकाे टिम यूएई विरुद्ध नेपाललाई जित निकाल्न त्यति सजिलो भने हुने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।