'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
अष्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट भारतले ६ विकेटले जितेको छ ।
एडिलेडमा घरेलु टोली अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै भारतलाई २९९ रनको लक्ष्य दिएको थियो । भारतले उक्त लक्ष्य ४ बल बाँकी छदै ४ विकेट गुमाएर पूरा गरेको थियो ।
भारतको जितमा कप्तान विराट कोहलीले १०४ रन बनाउँदा विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले नट आउट ५५ रन बनाए । रोहित शर्माले ४३ रन बनाउँदा शिखर धवन ३२ रनमा पेभेलियन फर्किए ।
यस्तै दिनेश कार्तिक २५ रनमा नट आउट रहँदा अम्बाति रायडुले २४ रनको योगदान गरे । अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाउँदा शन मार्शले १३१ रनको योगदान गरेका थिए । ग्लेन म्याक्सवेलले ४८ रन बनाए भने मार्कस स्टोइनिस २९ रनमा आउट भए ।
भारतका भुवनेश्वर कुमारले ४ तथा मोहमद शामीले ३ विकेट हात पारेका थिए । आजको खेलमा भारत विजयी भएसँगै तीन एक दिवसीय सिरिज १–१ को बराबरीमा आएको छ । अब अन्तिम तथा निर्णायक एकदिवसीय क्रिकेट १८ तारिखमा हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।