'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - नेपालमा पहिलो पटक हुन लागेको आइएफबीबी लिग बडिबिल्डिङका ‘गेष्ट पोजर’ का रूपमा नेदरल्यान्डका रोली विङ्कलार फेब्रुअरी १४ मा नेपाल आउने भएका छन् ।
उनी १४ तारिखमा आएर १७ तारिखमा फर्कने बताइएकाे छ ।
विङ्कलार यस वर्षको ‘आर्नोल्ड क्लासिक’ विजेता हुन् । नेदरल्यान्डमा जन्मिए पनि उनी अमेरिकामा बसोबास गर्छन् । ‘द बिष्ट’ र ‘ सामुराई’ को उपनामले चर्चित विङ्कलार विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन् ।
उनको हातको पाखुरा मात्र २४ इन्च, ‘थाई’ २८ इन्च छ भने उनको शरीरिक तौल १ सय ३० केजी छ । इन्स्टाग्राममा मात्र उनका ‘फलोअर’ १२ लाख छन् ।
नेपालमा आयोजना हुने प्रतियोगितालाई ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’ नाम दिइएको छ । प्रतियोगिता ‘एकेडेमी हल’ मा फागुन ३–४ गते आयोजना हुने पक्का भइसकेको छ ।
प्रतियोगितामा भाग लिन संसारभरिका १ सयभन्दा बढी बडिबिल्डरहरु नेपाल आउँदैछन् । उनीहरूले ४ वटा क्याटेगोरीमा ‘प्रो कार्ड’ जित्न नेपालमा आफ्नो भिमकाय शरीर देखाउने छन् ।
नेपालमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि भिडन्त हुँनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।