मानार्थ अध्यक्ष टासी घलेको पद खारेज गर्ने एन्फाको निर्णय

 माघ ३, २०७५ बिहिबार २०:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको बैठकले यसअघिका मानार्थ अध्यक्ष टासी घलेको मानार्थ अध्यक्षको पद खारेज गर्ने निर्णय गरेको छ ।

यसका साथै चारजना विरोधी जिल्ला अध्यक्षलाइ पनि कारबाही गर्ने  निर्णय गरेको छ । एन्फाको नयाँ कार्यसमिति निर्वाचनको अधिकार प्राप्त काठमाण्डाै, भक्तपुर, ललितपुर र धादिङका जिल्ला अध्यक्षलाइ कारबाही गर्ने निर्णय गर्ने गरेको छ ।

वर्तमान कार्यसमितिले निर्वाचनलगत्तै टासी घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो ।  निर्वाचनमा कर्माको प्यानललाइ जिताउन मुख्य योजनाकारको भूमिका निर्वाह गरेको बताए पनि पछि तिनीहरूसँगै मनमुटाव भएपछि उनी एन्फा जानै छोडेका थिए । एन्फामा पनि उनको नामको बोर्डमा टेप टाँसिएको थियो । 

टासीसँगको मनमुटावपछि कर्माको प्यानलले उनको सट्टा नविन पाण्डेलाई अन्तराष्ट्रिय विभाग प्रमुख बनाएको थियो । जसका कारण टासी झन रुष्ट देखिएका थिए । अब यो निर्णयले एन्फामा नयाँ विद्रोह सुरू हुने संकेत देखिएको छ ।

यता हालको कार्यसमितिविरूद्द आवाज उठाएको भन्दै चार जिल्लाअध्यक्षलाई कारबाही गर्ने निर्णयले हालको कार्यसमिति झन् विवादमा तानिने देखिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया