बीपीएलमा लयमा फर्कँदै सन्दीप, ढाका डाइनामाइट्सविरुद्ध पहिलाे ओभरमै लिए विकेट

 माघ ४, २०७५ शुक्रबार १६:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन् ।

सिलेट सिक्सर्सबाट खेलेका सन्दिपले ढाका डाइनामाइट्सविरुद्ध ५औं ओभरमा बलिङ गर्न आएका थिए ।

उनको पहिलो ओभरको पहिलो बलमा सकिब अल हसनले १ रन लिएका थिए । दोस्रो बलमा एलबीडब्लुको अपिल गरेका सन्दीपको अपिललाई रेफ्रीले नकारिदिएका थिए ।

तर तेस्रो बलमा उनले रोनी तालुकदारलाई बोल्ड आउट गर्न सफल भए ।

त्यसपछि क्रिजमा आएका डरविस रसेलीले १ रन लिएका थिए । पाँचौ बलमा सकिबले रन बनाएनन् भने अन्तिम बलमा एक रन जोडेका थिए ।

सन्दीपले आफ्नो पहिलो ओभरमा ३ रन दिएर १ विकेट लिन सफल भएका हुन् । सन्दीपको टिम सिलेट सिक्सर्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया