शेयर बजार सामान्य बढ्याे
चैत १५, २०८० बिहिबार
अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला पनि भारतले जितेको छ ।
पहिला टेस्ट सिरिज जितिसकेको भारतले शुक्रबार भएको अन्तिम तथा निर्णायक एक दिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै सिरिज जितेको हो ।
अष्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ४९ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो ।
जितसँगै भारतले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
भारतको जितमा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी र केदार जादबले उत्कृट पारी खेले । उनीहरुका बीचमा १२१ रनको साझेदारी भएको थियो ।
धोनीले लगातार तेस्रो अर्धशतक समेत बनाएका छन् । उनी आज ८७ रनमा नट आउट रहे । जादब पनि ६१ रनमा नट आउट नै रहे ।
कप्तान विराट कोहलीले ४६ रन जोड्दा शिखर धवन २३ र रोहित शर्मा ९ रनमा आउट भए ।
मेलबर्नमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा २३० रन बनाएको थियो ।
आठ रन हुँदा पहिलो विकेट गुमाएको घरेलु टिमले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि सन मार्स र उस्मान ख्वाजा विच ७३ रनको साझोदारी भएपछि टिम सम्हालिएको थियो ।
उसका लागि ख्वाजाले ३४ तथा सन मार्सले ३९ रन बनाए । यस्तै पिटर ह्यान्ड्सकम्बले अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए । त्यसपछि स्टोइनिसले १०, ग्लेन म्याक्सवेलले २६ र रिचार्डसनले १६ रन बनाए ।
बलिङमा भारतका युज्वेन्द्र चाहलले ६ विकेट लिए ।