१६ वर्ष पछि लालपूर्जा पाउँदा स्थानीय दंग

 माघ ६, २०७५ आइतबार ११:१०:५९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – १६ वर्ष पछि लालपूर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ पालीका स्थानीय दंग भएका छन् । 

जलेर नष्ट भएका लालपूर्जा १६ वर्ष पछि पाउँदा स्थानीयहरु दंग बनेका हुन् ।  विशेष नापी कार्यालय अर्घाखाँचीले  पाणिनी गाउँपालिकाको वडा नम्बर ८ पालीमा  एकहजार जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गर्न सुरु गरेको छ ।

लालपूर्जा लिन सहभागी हुनु भएका ७१ वर्षीय सुखदिन मियाले भन्नुभयो ‘जग्गा भएर पनि जग्गा नभए जस्तै भएका थियौँ आइतबार लालपूर्जा पाउँदा खुसी भएका छौँ ।’

लालपूर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण प्राप्त गर्न पनि सकेका थिएनन् ।   जिल्लाको ७० प्रतिशत नाक्सा तयार पारिसकेकाले अब दुई वर्षमा सबै जिल्लाको नक्सा तयार गर्ने विशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताउनुभयो । 

द्वन्द्वकालीन समयमा माओवादीले जलाएका लालपूर्जा अहिले फेरि वितरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय, समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले विशेष नापी कर्यालय अर्घाखाँचीलाई अन्य ठाउँमा पनि जलेका जग्गा धनी पमाण पत्र तयार गरी वितरण गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया