'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका लागि नेपाली टाेलीको घोषणा भएको छ ।
टाेलीमा चार नयाँ अनुहारहरु परेका छन् । यही माघ १३ गतेबाट यूएईमा हुने प्रतियोगिताका लागि घोषणा भएको टिममा पवन सराफ, सन्दिप जोरा, अभिनाश बोहरा र भिम सार्कीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्न लागेका यी चार खेलाडी यू–१९ टिमबाट आएका हुन् ।
पछिल्लो पटक घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेर क्याम्पमा पनि राम्रो गरेका कारण चार जनाले पहिलो पटक टिममा स्थान बनाएका हुन् ।
तर यसपटक यूएईविरुद्धको सिरिजमा अनुभवी खेलाडी शरद भेषावकरले नखेल्ने भएका छन् । क्याम्पमा रहे पनि अन्तिम समयमा बिरामी परेका कारण शरदले टिमबाट नाम फिर्ता लिएका छन् ।
यसअघि विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको दुई खेलमा पनि उनी बिरामी भएका कारण घर फर्किएका थिए । यस्तै नेदरल्याण्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेल पनि चोटका कारण गुमाएका थिए ।
आईसीसी प्रतिनिधी इमानुल एस्लामको परामर्श र प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्काको सल्लाहमा तयार पारिएको टिम यस्ताे छ ।
पारस खड्का -कप्तान, ज्ञानेन्द्र मल्ल, अभिनाश बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, भिम शार्की, विनोद भण्डारी, दिपेन्द्र ऐरी, करण केसी, ललित राजवंशी, आरिफ शेख, पवन सराफ, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा
यो प्रतियोगिताका लागि लेग स्पिनर सन्दीप लामिछाने साेमबार नेपाल आइपुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।