'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
दक्षिणी अफ्रिकी क्रिकेटर हाशिम आमला लामो समयपछि एक दिवसीय अन्तरराष्ट्रिय खेलमा शतक बनाउन सफल भएका छन् ।
उनले शनिबार पाकिस्तानका विरुद्ध याे शतक बनाएका हुन् ।
त्यसो त हाशिम अमलाको शतक अफ्रिकाको लागि काम लागेन । दक्षिणी अफ्रिकाले पाकिस्तानविरुद्धकाे पाँच खेलको सीरिजको पहिलो खेल ५ विकेटले हार्याे ।
३६ वर्षका आमलाले पाकिस्तानविरुद्ध पोर्ट एलिजाबेथमा अविजित १ सय ८ रन बनाए । तर उनको यो शतकले दक्षिण अफ्रिकालाई जिताउन भने सकेन ।
तर उनले भारतका विराट काेहलीलाई उछिन्दै सबैभन्दा कम इनिङमा २७ एक दिवसीय शतक बनाउने रेकर्ड भने आफ्नो नाममा गरेका छन् ।
हाशिम आमलाले एक दिवसीय अन्तरराष्ट्रियकाे १ सय ६७ इनिङमा आफ्नो २७ शतक पूरा गरे । भारतका कप्तान विराट कोहलीले १ सय ६९ इनिङमा २७ शतक बनाएका थिए ।
अर्काे रमाइलो कुरा, सबैभन्दा छिटो २६ शतक बनाउने रेकर्ड पनि आमलाकै नाममा छ ।
उनले यो कीर्तिमान पनि विराट काेहलीलाई नै पछाडि छाडेर बनाएका थिए । त्यतिबेला आमलाले मात्र १५४ इनिङमा २६ शतक पूरा गरेका थिए जब कि विराटले १६६ इनिङमा यति शतक पूरा गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।