एएफसी यू–२३ च्याम्पियनसिप फुटबल : नेपाल समूह ए मा

 माघ ६, २०७५ आइतबार २०:२:३८ | उज्यालो सहकर्मी

काठमाण्डाै - एएफसी यू-२३ च्याम्पियनसिप फुटबलको छनौटमा नेपाल समूह ए मा परेको छ ।

एएफसीले सार्वजनिक गरेको तालिका अनुसार पश्चिम क्षेत्र छनौट अन्तर्गत नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान रहेका छन् । कतारमा हुने छनौंट खेलमा नेपालले मार्च २२ तारिखमा ओमानविरुद्ध खेल्नेछ ।

यसैगरी नेपालले २४ तारिखमा घरेलु टोली कतारविरुद्ध खेल्दा सूमह चरणको अन्तिम खेलमा २६ तारिखमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपालले चाँडै एएफसी यू -२३ को तयारी थाल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय टिमका लागि विदेशी प्रशिक्षक ल्याउने तयारी गरेको एन्फाको हालैको बैठकले स्वीडेका योहान कालिनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

मार्चको सुरुमा नेपाल आउने कालिनले नै यू-२३ को प्रशिक्षण सम्हाल्ने छन् । त्यसपछि उनलाई नै राष्ट्रिय टिमको जिम्मा दिने तयारी गरिएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया