इँटा भट्टाकाे खाडलमा डुबेर बालकको ज्यान गयाे

 माघ ८, २०७५ मंगलबार १७:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिका–८, सुडालमा रहेको सरस्वती इटा भट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर मंगलबार एक बालकको ज्यान गएकाे छ । 

काभ्रे, नमोबुद्ध नगरपालिका–४ घर भएर हाल त्यसै भट्टामा काम गर्ने सुमन तामाङको साढे ३ वर्षीय छोरा निरज तामाङको डुबेर ज्यान गएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

भट्टा सञ्चालकले वरिपरि बार समेत नहाली लापरवाही तरिकाले एउटै भट्टामा १० वटासम्म ठूलो सानो खाल्डो बनाउने गरेकाले बर्सेनि खाल्डोमा डुबेर बालबालिकाको ज्यान जाने घटना हुनेगरेको प्रहरीको भनाइ छ । 

घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको र शवलाई पोष्टमार्टमाका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया