कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
अष्ट्रेलियाविरुद्ध ऐतिहासिक टेस्ट तथा एक दिवसीय क्रिकेट सिरिज जितेपछि भारतीय खेलाडी छनोंट समितिका सदस्यहरुलाई पनि नगदसहित सम्मान गरिने भएको छ ।
भारतले अष्ट्रेलियाली भूमिमा पहिलो टेस्ट सिरिज जितेपछि खेलाडी छनोंट समितिका सदस्यहरुलाई नगद २० लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको हो । विराट कोहलीको कप्तानीमा रहको भारतीय क्रिकेट टिमले चार टेस्ट क्रिकेटको श्रृंखला २–१ ले जितेको थियो ।
यसैगरी एक दिवसीय सिरिज पनि भारतले २–१ ले नै आफ्नो पक्षमा पार्न सफल भएको थियो । बीसीसीआईका अनुसार पाँच सदस्यीय खेलाडी छनोंट समितिका सदस्यहरुलाई २० लाख रुपैयाँ दिइने छ ।
खेलाडी छनोंट समितिका अध्यक्ष एमएसके प्रसाद, देवांग गान्धी, जतिन परांजे, गगन खोडा र सन्दीप सिंहले बीस-बीस लाख रुपैयाँ पाउने छन् । बीसीसीआईका सीईओ विनोद रायले खेलाडी छनोंट समितिको प्रशंसा गर्दै अष्ट्रेलियामा टिम इन्डियाको प्रदशने गौरवान्वित बनाएको बताए ।
उनले यसअघि क्रिकेटर र सहयोगी स्टाफलाई मात्र पुरस्कार दिने घोषणा गरिएकोमा अब छनोंट समितिका सदस्यहरुलाई पनि नगदसहित सम्मान गर्ने बताए । अष्ट्रेलिया सिरिज जितेका भारतीय खेलाडीलाई जनही ६० लाख र प्रशिक्षक टोलीलाई जनही २५ लाख दिने घोषणा गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।