युभेन्टसका स्ट्राइकर गोञ्जाले हिगुइन लागे चेल्सीतिर

 माघ ९, २०७५ बुधबार १८:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

युभेन्टसका स्ट्राइकर गोञ्जाले हिगुइन लोनमा चेल्सी गएका छन् ।

३१ वर्षीय अर्जेन्टिनी खेलाडी हिगुइनलाई चेल्सी जान अनुमति दिइएको थियो ।

सन २०१६ मा ७५.३ मिलियन युरोमा युभेन्टसले अनुबन्ध गरेकोमा २ सिजनपछि उनी एसी मिलान गएका थिए । युभेन्टसको २ सिजनमा उनले ४० गोल गरेका थिए ।

हिगुइन चेल्सीमा खेल्नका लागि गए पनि उनको मेडिकल टेस्ट भने बाँकी रहेको जनाइएको छ । जसका कारण बिहीबार टोटनह्यामविरुद्धको चेल्सीको खेलमा मैदान उत्रने सम्भावना ५० प्रतिशत मात्र रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Sagar gurung

    Jan. 23, 2019, 6:55 p.m.

    युभेन्टस को हिगुइन होइन, एसी मिलानको हो .....wrong topic

  •  0 Reply

तपाईको प्रतिक्रिया