'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
भारतीय क्रिकेटरद्वय हार्दिक पाण्ड्या र केएल राहुलमाथि लागेको प्रतिबन्ध तत्कालका लागि हटाइएको छ ।
‘कफी विद करण’ नामकाे टेलिभिजन शाेमा महिलामाथि गरिएको टिप्पणी सार्वजनिक भएपछि उनीहरु दुवै जनालाई अष्ट्रेलिया सिरिजका क्रममा भारत फिर्ता बोलाइएको थियो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको प्रशासन समितिको बैठकले अनुसन्धान चल्दासम्मका लागि निलम्बन फुकुवा गरेको जनाएको छ । उनीहरुको निलम्बन फुकुवा भएकाले जारी न्यूजिल्याण्ड सिरिजका लागि जानसक्ने पनि जनाइएको छ । राहुल र पाण्ड्याको मुद्दा अहिले सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट हुने फैसला नै अन्तिम हुने छ ।
सर्वोच्च अदालतले पाण्ड्या र राहुलको विषयमा लोकपाल नियुक्त गर्न ढिला गरेकाले बीसीसीआईले तत्कालका लागि निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
बीसीसीआईद्वारा जारी विज्ञप्तिमा ११ जनवरीमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतले लोकपाल नियुक्त गरेपछि उसको फैसला अन्तिम हुने र त्यससम्मका लागि निलम्बन फुकुवा हुने बताएको छ ।
बीसीसीआईका कार्यवाहक अध्यक्ष सीके खन्नाले प्रशासक समितिको बैठकमा निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।