यूएईविरुद्ध नेपाल, यस्ताे छ 'हेड टू हेड रेकर्ड'

 माघ ११, २०७५ शुक्रबार ९:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबार नेपाल र यूएई आईसीसीबाट मान्यता प्राप्त एक दिवसीय खेल खेल्दैछन् ।  खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ । नेपाल र यूएई ५० ओभरको खेलमा लामो समयअघि देखिका प्रतिद्वन्द्वी हुन् । आजभन्दा २० वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक नेपाल र यूएई खेलेका थिए ।

यूएईविरुद्ध नेपालले कुल १५ वटा ५० ओभरको म्याच खेलेको छ । यूएई नेपालविरुद्ध सँधै जस्तो हावी हुँदै आएको छ । यूएईले १५ मध्ये ११ खेल जितेको छ भने नेपालले जम्मा तीन खेलमात्र जितेको छ । बाँकी एक खेल बराबरी भएको थियो । संयोग त के छ भने नेपालले यूएई हराउँदै तीनै पटक लक्ष्य पछ्याएको थियो भने तीनै पटक चार विकेटको जित हात पारेको छ ।

 यस्तो छ नेपाल र यूएईबीचको हेड टू हेड :

१. एसीसी ट्रफी, १९९८ अक्टोबर ८
युएई २२२–१०, ४९.४ ओभर
नेपाल १२८–१०, ३८.१ ओभर
यूएई ९४ रनले विजयी

२. एसीसी ट्रफी, २००० नोभेम्बर १५
नेपाल १७९–१०, ४९.५ ओभर
यूएई १८०–९, ४९.३ ओभर
यूएई एक विकेटले विजयी

३. एसीसी ट्रफी, २००२ जुलाई १६
नेपाल १५९–९, ५० ओभर
यूएई १६२–४, ४४.४ ओभर
यूएई ६ विकेटले विजयी

४. एसीसी ट्रफी, २००२ जुलाई २१
नेपाल १८४–१०, ५० ओभर
यूएई १८५–४, ३८.२ ओभर
यूएई ६ विकेटले विजयी

५. एसीसी ट्रफी २००६, अगष्ट २४ सेमिफाइनल
नेपाल १०३–१०, ३७ ओभर
यूएई १०५–१, २०.३ ओभर
यूएई नौ विकेटले विजयी

६. एसीसी ट्रफी एलिट
नेपाल १६६–१०, ४७.३ ओभर
यूएई १७२–४, ४५.४ ओभर
यूएई ४ विकेटले विजयी

७. एसीसी ट्रफी एलिट, २०१२ अक्टोबर ३
यूएई १३३–१०, ४०.५ ओभर
नेपाल १३४–६, ४५.२ ओभर
नेपाल चार विकेटले विजयी

८. एसीसी ट्रफी एलिट २०१२, अक्टोबर १२ फाइनल
यूएई २४१–६, ५० ओभर
नेपाल २४१–९, ५० ओभर
खेल बराबर

९. एसीसी प्रिमियर लिग, २०१४ मे १
यूएई १९१–१०, ४८.१ ओभर
नेपाल १९५–६, ३९.५ ओभर
नेपाल चार विकेटले विजयी

१०. आईसीसी विश्वकप छनोट (लिस्ट ए)
जनवरी १३, २०१४
यूएई २९७–८, ५० ओभर
नेपाल १९५–१०, ४८.१ ओभर
यूएई १०२ रनले विजयी

११. आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (लिस्ट ए)
२०१७, डिसेम्बर ६
नेपाल २२१–६, ५० ओभर
यूएई २२५–३, ४५.५ ओभर
यूएई ७ विकेटले पराजित

१२. आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (लिस्ट ए)
डिसेम्बर ८, २०१७
यूएई १९५–१०, ४९.२ ओभर
नेपाल १३२–१०, ४२.२ ओभर
यूएई ६३ रनले विजयी

१३. आईसीसी विश्व क्रिकेट लिग डिभिजन २
फेब्रुअरी ११, २०१८
यूएई ११४–१०, ३१ ओभर
नेपाल ११५–६, २८.५ ओभर
नेपाल चार विकेटले विजयी

१४. आईसीसी विश्व क्रिकेट लिग डिभिजन २
फेब्रुअरी १५, २०१८
यूएई २७७–४, ५० ओभर
नेपाल २७०–८, ५० ओभर
यूएई सात रनले विजयी

१५. एसिया कप छनोट २०१८
यूएई २५४–९, ५० ओभर
नेपाल १७६–१०, ४८.५ ओभर
यूएई ७८ रनले विजयी

याे पनि पढ्नुहाेस् । 

पारस भन्छन्- जुनसुकै फर्म्याट हाेस्, उत्कृष्ट प्रदर्शन गर्छाैं

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया