'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
स्पेनिस कोपा डेल रेमा रियल मड्रिड विजयी भएको छ । शुक्रबार बिहान भएको क्वार्टरफाइनलको पहिलो लेगमा रियलका लागि कप्तान सर्जियो रामोसले २ गोल गरेपछि जिरोनामाथि ४–२ गोल अन्तरले पराजित गरेको हो ।
जिरोनाले सातौं मिनेटमा सुरुआती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा पराजित हुने पुगेको हो । जिरोनाका लागि एन्टोनीले गोल गरेका थिए ।
१८ औं मिनेटमा रियलका लागि लुकास इग्लेसिसले बराबरी गोल गरेका थिए । ४२ औं मिनेटमा जिरोनाका खेलाडीले डी बक्समा फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसलाई कप्तान रामोसले गोल गर्दै पहिलो हाफामा रियललाई २–१ को अग्रता दिलाएका थिए ।
६६ औं मिनेटमा रियलले गल्ती गरेपछि जिरोनाले पेनाल्टीमार्फत खेल २–२ को अवस्थामा ल्याएको थियो । जिरोनाका लागि एलेक्सले गोल गरेका थिए ।
७७ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले ३–२ को अग्रता लिएको थियो । त्यसको तीन मिनटे पछि करिम बेन्जिमाले गोल गर्दै रियललाई ४–२ को अवस्थामा पुर्याएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।