यूएईविरुद्ध खेल हारेपछि कप्तान पारस यसाे भन्छन्

 माघ ११, २०७५ शुक्रबार १९:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल यूएईविरुद्धकाे एक दिवसीय श्रृंखलाकाे पहिलाे खेलमा ३ विकेटले पराजित भएकाे छ ।

पराजित भएपछि खेलका बारेमा प्रतिक्रिया दिँदै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का भन्छन्,‘यूएईलाई सात विकेटको क्षतिमा ८७ रनमा पुर्‍याउँदै खेल हाम्रो हातमा पुगिसकेको थियो । तर आठौं विकेटका लागि भएको साझेदारीले उनीहरुलाई जित दिलायो । हामीले राम्रो ब्याटिङ गरेको भए जित्थ्यौं ।’

उनले मैदानकाे अवस्थाका बारेमा भने, ’सजिलो विकेट थिएन । हामी त्यहाँ सेट हुन पाएका थिएनौं । एक बलको कुरा हो । प्रतिष्पर्धात्मक खेल थियो, तर अन्तिममा उनीहरु सफल भए।’

पारसले अगाडि भने, ‘हामी नयाँ खेलाडीहरुलाई मौका दिँदै छौं । हामीले सम्भवतः उत्कृष्ट एघार खेलाडी मैदानमा उतारेका थियौं, तर सफल हुन सकेनौं । हामीले राम्रो ब्याटिङ गर्नु पर्ने थियो । उनीहरु पनि ब्याटिङमा संघर्ष गरिरहेका थिए । बलिङतर्फ पनि हामीले राम्रो प्रदर्शन गर्नु जरुरी छ । 
योजना कार्यान्वयन र थोरै भाग्यले पनि केही फरक पारेको थियो ।’

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया