'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शुक्रबार राति आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त गरेपछि ओल गुनारको नेतृत्वमा लगातार आठौं जित हो ।
म्यानचेस्टर युनाइटेडले लगातार आठ खेलमा जित निकाल्ने क्रममा एलेक्स सान्चेज, जेसी लिंगार्ड र एन्थोनी मार्शलले गोल गरे । आर्सनलका लागि पिएर एमरिकले एक गोल फर्काए । ३१ औँ मिनेटमा सान्चेजको गोलबाट म्यानचेस्टर युनाइटेडले अग्रता लिएको थियो । ३३ औं मिनेटमा लिंगार्डले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । ४३ औँ मिनेटमा एमरिकले आर्सनलका लागि एक गोल फर्काएका थिए ।
पहिलो हाफमा २–१ को अग्रता बनाएको म्यानचेस्टरले दोस्रो हाफमा पनि आर्सनललाई खेलमा फर्कने कुनै मौका दिएन । उल्टै एक गोल थपेको थियो । ८२ औं मिनेटमा मार्शलले गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।