'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
यूएईविरुद्धको एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालको दुई विकेट गएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका दुवै जना ओपनर ब्याट्सम्यान आउट भएका हुन् ।
पहिलो विकेटका रुपमा विनोद भण्डारी आउट भएका थिए । ६१ रनमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट ६७ रन हुँदा गुमाएको छ । ६७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ४४ रनमा आउट भएका हुन् । उनी जहोर खानका बलमा इमरान हैदरबाट क्याच भएका थिए । पहिलो विकेटका रुपमा आउट भएका विनोद भण्डारीले २१ रन जोडे । उनी अमिर हायातको बलमा अश्फाक अहमेदबाट क्याच आउट भएका थिए ।
उनले ४६ बलमा दुई चौका प्रहार गर्दै २१ रन जोडेका थिए । उनी र ज्ञानेन्द्र मल्लको यो साझेदारी ६१ रनको थियो । अहिले क्रिजमा पारस खड्का र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।