'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौं विकेटको रुपमा कप्तान पारस खड्का आउट भएका हुन् । पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझोदारी गर्दै राम्रो सुरुआत गरे पनि मध्यक्रमका व्याट्सम्यानहरु आज पनि जम्न सकेनन् ।
पहिलो विकेटको रुपमा विनोद भण्डारी २१ रन बनाउँदै आउट भएका थिए । टिमको स्कोर ७० रन हुँदा ज्ञानेन्द्र मल्ल ४४ रनको व्यक्तिगत स्कोरमा दोस्रो विकेटको रुपमा आउट भए ।
२२ औं ओभरमा ८५ रन हुँदा नेपालले तेस्रो विकेट गुमायो । नेपालले ११० रन बनाउँदा चौथो विकेटको रुपमा पवन शर्राफलाई गुमाएको थियो । पाँचौ विकेटको रुपमा कप्तान पारस खड्का व्यक्तिगत २१ रनमा आउट भए । अहिले क्रिजमा आरिफ शेख र रोहित पौडेल रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।