यूएईविरुद्धको दोस्रो एक दिवसीयमा नेपालले बनायाे केही नयाँ रेकर्ड

 माघ १२, २०७५ शनिबार १७:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गर्दा नेपालले रेकर्ड बनाएको छ ।

आईसीसीले एक दिवसीय क्रिकेटको मान्यता दिएपछि गएकाे अगस्टमा खेलेको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । त्यतिबेला ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले उक्त साझेदारी गरेका थिए ।

तर आज उक्त रेकर्ड ब्रेक भएको छ । आज ओपनर जोडी ज्ञानेन्द्र र विनोद भण्डारीले ६१ रनको  साझेदारी गरेका छन् । जसमा विनोद २१ रन बनाएर आउट भएपछि  साझेदारी टुटेको थियो ।

एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो योगफल

एक दिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै सर्वाधिक ठूलो योगफल तयार पारेको छ । नेपालले नेदरल्याण्ड्सविरुद्ध २१५ रन बनाएको थियो । यूएईविरुद्ध पहिलो एक दिवसीयमा ११३ रन मात्रै बनाउन सकेको नेपालले आज २४२ रन बनाउँदै नयाँ रेकर्ड बनाउन सफल भएकाे हाे ।

अहिलेसम्म खेलेका कुनै पनि एक दिवसीय क्रिकेटमा नेपालले पूरै ५० ओभर टिकेर खेल्न सकेको थिएन । तर आज नेपालले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको हाे ।

छैटौं विकेटको साझेदारीमा पनि नयाँ रेकर्ड

छैटौं विकेटको साझेदारीमा पनि नयाँ रेकर्ड बनेको छ । नेदरल्याण्ड्सविरुद्ध छैटौं विकेटका लागि पारस खड्का र रोहित कुमार पौडेलले ४७ रनको सर्वाधिक साझेदारी गरेका थिए । तर आज रोहित पौडेल र आरिफ शेखले ८२ रनको साझेदारी गर्दा नयाँ रेकर्ड बनेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया