'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकालेको छ ।
सोमपाल कामी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङको सहयोगमा नेपालले २४२ रनको विशाल लक्ष्य रक्षा गर्न सफल भयो । सोमपाल कामीले ५ विकेट लिए भने सन्दीपले चार विकेट लिएका थिए । यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला १-१ को बराबरीमा ल्याएको छ ।
टस जितेर ब्याटिङ गर्दा नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । यो योगफल नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो एक दिवसीय योगफल हो । आज नेपालले एक दिवसीयमा सबैभन्दा धेरै रनको साझेदारी गर्यो ।
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । ज्ञानेन्द्रले ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् ।
पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे । त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप एक दिवसीय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो ।
त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए । उनी भारतका सचिन तेन्दुलकार र पाकिस्तानका शाहिद अफ्रिदिकाे रेकर्ड ताेड्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीसमेत बने ।
At the age of just 16 years and 146 days, Nepal's Rohit Paudel today became the youngest man to hit an international half-century, beating the likes of @sachin_rt and @SAfridiOfficial! 🇳🇵 🙌
— ICC (@ICC) January 26, 2019
➡️ https://t.co/lRo5UTfuFd pic.twitter.com/qsqZQDYX5y
उनी अहिले १६ वर्ष चार महिना २४ दिनकामात्र भएका छन् । रोहितले ५५ रनको योगदान दिएर आउट भए । त्यसपछि करण केसीले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १८ रन बनाए । अन्तिममा सन्दिप लामिछानेले पनि १० बलमा १४ रन जोडे ।
बलिङतर्फ अमिर हयात र इमरान हैदरले तीन-तीन विकेट लिए भने मोहम्मद नाभिद, जहुर खान र अश्फाक अहमेदले एक एक विकेट लिए ।
२ सय ४३ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले १९ ओभर ३ बलमा ९७ रनमा प्याक गर्यो । युएईका लागि मोहम्मद उश्मानले सर्धाधिक २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यान नेपाली बलरको दबाबमा परेका थिए ।
नेपालाई जित दिलाउन पाँच विकेट लिएका सोमपाल कामी प्लेयर अफ द म्याच भए । सन्दीप लामिछानेले पनि १५औं ओभरमा तीन विकेट लिएका थिए ।
तेस्रो तथा निर्णायक एक दिवसीय खेल सोमबार हुनेछ ।
Nepal win to level the series 1-1!
— ICC (@ICC) January 26, 2019
Sompal Kami (5/33) and Sandeep Lamichhane (4/24) run riot to dismiss UAE for 97 after Rohit Paudel's record-breaking half-century helped set up a 145-run victory in Dubai!#UAEvNEP scorecard ➡️ https://t.co/ItZoiVJZYv pic.twitter.com/4ZQOCVsGiU
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।