'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० गोलअन्तरको जित हासिल गरेको छ ।
यो जितले बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ५ अंक यथावत राखेको छ । एट्लेटिकोले शनिबार राति भएको खेलमा गेटाफोलाई २–० गोलले नै पराजित गरेको थियो ।
अंकतालिकामा बार्सिलोनाको २१ खेलबाट ४९ अंक भएको छ भने एट्लेटिकोको ४४ अंक छ ।
जिरोनाको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमै नेल्सन सेमेडोले बार्सिलोनाका लागि सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ एक गोलले पछि परेको घरेलु टोली जिरोनाका डिफेण्डर बर्नाडो स्पिनोसा ५१औं मिनेटमै दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि टिमको प्रदर्शन डगमडाएको थियो ।
कम गोल खाने रणनीति लिएको जिरोनाले बार्सिलोनालाई सहजै खेलमा हावी हुने अवसर भने दिएन । १० खेलाडीमा समेटिएको जिरोनाविरुद्ध बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले ६८औं मिनेटमा दोस्रो गोल गरे । मेस्सीको यो सिजनको १८औं लिग गोल हो ।
त्यसयता गोल हुन सकेन र बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोड्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।