'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
इटालियन सिरिएमा युभेन्टसले ११ अंकको अग्रता लिएको छ । आइतबार रातिको खेलमा लाजियोमाथि २–१ गोल अन्तरको जित निकाल्दा क्रिष्टियानो रोनाल्डोले अन्तिम समयमा पेनाल्टीमार्फत गरेका गोल निर्णायक भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरी भएकोमा ५९ औं मिनेटले उपहार गोलमार्फत लाजियोले अग्रता लिएको थियो । युभेन्टसका इमरिक केनले बल क्लियर गर्दा आफ्नै पोस्टमा गोल गरेका थिए । ७४ औं मिनेटका काभाको केनसेलोले युभेन्टसका लागि बराबरी गोल गरेका थिए ।
तर अन्तिममा लाजियोले धैर्यता गुमाउँदै ८८ औं मिनेटमा युभेन्टसलाई पेनाल्टीको अवसर दिएको थियो । जसलाई क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई जारी लिगमा ११ अंकको अग्रता दिलाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।