करण केसीकाे व्यक्तिगत दाेस्राे विकेट, रिजवानका रुपमा यूएईकाे पाँचाै विकेट पतन

 माघ १४, २०७५ सोमबार १४:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्ध नेपालका करण केसीले पाँचौं सफलता दिलाएका छन् । करणले ४५ रन बनाएका चुन्डोपिल रिजवानलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराएका हुन् ।

यसअघि, नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो पारिको ४० ओभरको खेल सकिउञ्जेल १४० रन दिएर ४ विकेट लिएको थियाे । 

सुरुमै दुई विकेट लिएर दबाबमा राखेको नेपालले चौथो विकेटका लागि गुलाम सब्बेर र मोहमद उस्मानले ४५ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारी सन्दीप लामिछानेले तोड्न सफल भए ।

नेपालका लागि तेस्रो विकेटको रुपमा सन्दीपले १८ रन बनाएका सब्बेरलाई आउट गरेका थिए । त्यस लगत्तैको ओभरका कप्तान पारस खड्काले मोहमद उस्मानलाई आउट गरे ।  पहिलो विकेट सोमपालले लिँदा ओपनर ब्याट्सम्यान स्फाक अहमेदलाई खाता नै खोल्न दिएनन् ।

यसैगरी यूएईको दोस्रो विकेट लिँदा करण केसीले चिराग सुरीलाई पनि शून्य रनमै पेभेलियन पठाएका थिए । अहिले करण केसीले आउट भएका चुन्डागोपिल रिजवान ४० ओभर सकिँदासम्म ३९ रनमा नट आउट थिए भने शाइमान अनवर ५१ रनमा खेलिरहेका थिए ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया