अनमोलले इन्कार गरेको चलचित्रमा प्रदीपलाई ‘अफर’

 माघ १५, २०७५ मंगलबार ७:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुपरस्टार अभिनेता अनमोल केसीले छाडेको चलचित्र ‘ब्याचलर बन्टी’का निम्ति अर्का सुपरस्टार अभिनेता प्रदीप खड्कालाई अफर गरेको खबर बाहिरिएको छ । केही समय अघि मात्र अनमोलले चलचित्रको कथा मन नपरेको भन्दै चलचित्रबाट हात झिकेका थिए । 

निर्देशक मिलन चाम्सले अभिनेता अनमोललाई उनले तोके अनुसारको मूल्य दिएर चलचित्र ‘ब्याचलर बन्टी’ मा साइन गराएका थिए । तर कथा हेरिसके पश्चात अनमोलले चलचित्रमा काम गर्न इन्कार गरे । अहिले आएर चलचित्रका निर्माता सुदीप खड्काले अभिनेता प्रदीप खड्कालाई चलचित्रका निम्ति अफर गरेका छन् । 

निर्माता खड्का र अभिनेता खड्काबीच चलचित्रको विषयमा रहेर कुरा पनि भइसकेको बताइएको छ । तर अभिनेता प्रदीपले चलचित्रमा काम गर्ने नगर्ने भन्ने बारै कुने उत्तर नदिएको बताइएको छ । प्रदीपको  यस अघि नै ३ चलचित्रमा काम गर्ने पक्का भइसकेका कारण यो चलचित्रमा काम गर्ने सम्भावना न्यून रहेको बताइन्छ ।

यदि प्रदीपले चलचित्रमा काम गर्ने पक्का भए चलचित्रको नाम समेत परिवर्तन गर्ने निर्माण पक्षको योजना छ । ‘ब्याचलर बन्टी’ बाट चलचित्रको नाम ‘सोलिडोली’ राख्ने सोच निर्माण पक्षले गरेको छ । खासमा सुरुमा यो चलचित्रको नाम ‘सोलिडोली’ नै थियो र चलचित्रमा प्रदीपलाई नै अभिनय गराउनेसमेत तय भइसकेको थियो तर अभिनेता प्रदीप खड्का र निर्देशक मिलन चाम्सबीचको सम्बन्धमा केही खट्पट भएपछि चलचित्रको नाम ‘ब्याचलर बन्टी’ राखेर अनमोललाई अफर गरिएको थियो । 

अन्ततः अनमोलले चलचित्र नगर्ने बताए पछि निर्माण पक्ष पुनः प्रदीप खड्कातिर नै फर्किएको छ । निर्माता सुदीप खड्का, प्रदीपलाई चलचित्रका निम्ति मनाउने प्रयासमा छन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया