कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – यूएईविरुद्धकाे पहिलाे टी –२० खेलमा नेपालले यूएईकाे पहिलाे विकेट लिएकाे छ ।
स्पिनर सन्दीप लामिछानेले खेलकाे दाेस्राे ओभरकाे पहिलाे बलमै अस्फाक अहमदकाे विकेट लिएका हुन् । उनले अस्फाकलाई बसन्त रेग्मीकाे हातबाट क्याच आउट गराएका हुन् ।
यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टी–२० खेलमा नेपालले टस जितेर फिल्डिङ राेजेकाे छ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी –२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ ।
नेपाली टिममा आज केही परिवर्तन भएको छ । आज अभिनाष बोहरा, रोहित कुमार पौडेल र सन्दिप जोराले राष्ट्रिय टि–२० टिममा डेब्यू गरेका छन् ।
एक दिवसीय खेलेका विनोद भण्डारी, आरिफ शेख र पवन सर्राफ भने प्लेइङ इलेभेन परेका छैनन् ।
भिम सार्की पनि टिममा पर्न असफल भएका छन् । नेपालको पहिलो एघार यस्तो छ :
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, दिपेन्द्र सिंह ऐरी, राेहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी, सन्दिप जोरा र अविनाश बोहरा
राम्रो फर्ममा रहेको नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।
एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो । तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो ।
गएको वर्ष मार्चमा एक दिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।