बोक्सी भगाउने भन्दै महिलालाई तातो फलामले डाम्ने युवक पक्राउ

 असार ६, २०७५ बुधबार २०:१३:४७ | दीपक भट्ट

रामेछाप – पेटको रोगको समस्या भएकी एक महिलालाई बोक्सीले दुःख दिएको भन्दै महिलाको शरीरमा तातो फलामले डाम्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बोक्सीले दुःख दिएको भन्दै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १, दुरागाउँकी २६ व सरिता दर्जीको शरिरमा भएको बोक्सी निकालेर फाल्ने भन्दै तातो फमामले गालामा डाम्ने ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका वडा नं २, रगनीका ३५ वर्षीय रविन्द्र नेवार प्रहरीको फन्दामा परेका हुन् । 
    

केही महिनादेखि पेटको रोगले ग्रसित सरिता गाउँकै स्वास्थ्य संस्थामा उपचार गरे पनि ठिक नभएपछि थप उपचारको लागि काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचार गराउने भन्दै जानुभएको थियो । उपचारको लागि काठमाडौं पुगेकी सरिता उहाँकै नन्देभाई रविन्द्रको कोठामा बास बस्न पुगेकी थिइन । 

उनले आफूलाई केही महिनादेखि पेटको समस्याले ग्रसित बनाएको र उपचारको लागि अस्पताल आएको भनेपछि यो रोग लागु हुन सक्ने र गाउँमै धामी बसेर ठिक पारिदिन्छु भन्दै उनले सरितालाई काठमाडौंबाट सँगै गाउँमा लिएर आएका थिए । 

गाउँमा आइपुगेका उनीहरुले गएको जेठ २४ गते घरमै धामी बस्दा सरितालाई कुनै रोग शरीरमा नभएको तर बोक्सीले दुःख दिएकाले शरीरबाट बोक्सी भगाइदिने भन्दै सिस्नो पानीले हान्ने र तातो फलामले दाहिने गालामा डामेपछि सरिता बेहोश हुनुभएको थियो। बिरामी बेहोस भएपछि धामी रविन्द्र काठमाडौंतर्फ भागेका थिए । 

बोक्सी भगाउने भन्दै सिस्नो पानी र तातो फलामले डामेपछि सहन नसकेर असह्य भएकी सरिताले धामी बसेर रोग ठिक पारिदिने भन्दै आफूलाई थप पीडा दिएको भन्दै मगंलबार जिल्ला प्रहरी कार्यालयमा बोक्सी ऐन २०७२ अनुसार उजुरी दर्ता गराउनुभएको थियो । 

प्रहरीले घटनामा सहयोगी भूमिका खेलेको भन्दै स्थानीय दीपक दर्जी, राजन पौडेल र गोहित सार्कीलाई पक्राउ गरी बोक्सी मुद्धामा अदालतवाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । 

    
    
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया