कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
चितवन - धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको छ ।
चितवनको भरतपुरमा रहेका रंगशाला निर्माण स्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर रंगशाला निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुुर्मुुस ) ले रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले आफूहरु अनुभवी पनि भएकाले रंगशाला निर्माणमा ढिलाई नहुने बताउनुभयो । रंगशाला निर्माणका लागि गुरुयोजना बनाउने काम पनि सुरु भईसकेको अध्यक्ष कट्टलले जानकारी दिनुभयो ।
अध्यक्ष कट्टेलले आयोजना इन्दारिताका साथ निर्माण गर्ने बताउनुभयो । नेपाललाई खेलकुदको हबको रुपमा विकास गर्ने योजनाका साथ रंगशाला निर्माण कार्यमा आफूहरु जुटेको उहाँकाे भनाइ छ ।
कार्यक्रममा बोल्दै फाउन्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले देशको मुहारमा खुशीयाली ल्याउन रंगशाला निर्माणको कामको जिम्मा लिएको बताउनुभयो । उहाँले देश र आफ्ना बाबुआमा खुशी बनाउने काम सबैभन्दा बढी खुशीको कुरा भएकाले आफूहरुले पनि देशलाई खुसी बनाउन रंगशाला निर्माणको काम अगाडि बढाएकाे स्पष्ट पार्नु भयो ।
२० बिगाहा ८ कट्ठा जग्गामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ । गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच २ वर्ष भित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।