करण केसीले लिए एकै ओभरमा यूएईको महत्वपूर्ण दुई विकेट

 माघ २०, २०७५ आइतबार १८:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालविरुद्ध १०५ रनको लक्ष्य पछ्याएको यूएईले पाँचौ विकेट गुमाएको छ ।

नेपाललाई चौथो र पाँचौ सफलता दिलाउने क्रममा करण केसीले यूएईका लागि विस्फोटक ब्याटिङ गरेका शैमान अनवर र मोहम्मद नाभीदलाई शून्यमै आउट गरेका हुन् ।

अनवरले २० बलमा दुई चौका र दुई छक्का हान्दै ३० रन बनाएका थिए ।  अनवर ज्ञानेन्द्र मल्लबाट क्याचआउट भए भने नाभीदको क्याच पवन शर्राफले दिए । 
त्यसअघि सन्दीप लामिछानेले मोहमद उस्मानलाई सन्दीप जोराबाट क्याचआउट गराएका हुन् ।

त्यसअघि गुलाम शैबरलाई अभिनास बोहराले बोल्ड गरे । शैबर २५ रनमा पेभेलियन फर्किए । पहिलो सफलता सोमपाल कामीले दिलाएका थिए । उनले अस्फाक अहमदलाई आउट गरेका थिए । यूएईले ८ ओभर सकिँदा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया